सूचना नटाँसे मार्गप्रशस्त गर्न सभामुख सापकोटालाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटासामू दुई वटा विकल्प रहेको दोहोर्‍याएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसमक्ष दुई वटा विकल्प रहेको आफूहरुले सम्झाएको बताए ।

‘तपाईंका सामुन्नेमा दुइटा विकल्प छन् । एउटा तपाईंले यथासिघ्र नेकपा एमालेले निस्कासन गरेका सांसदहरुको हकमा सूचना प्रकाशित गर्नुस् । बिलम्ब भए पनि र गल्ति महसुस गर्नुस् । यदि त्यसो गर्न चाहनुहुन्न भने मार्गप्रशस्त गर्नुस’ सभामुखलाई गरेको आग्रह सुनाउँदै भट्टराईले भने ।

एमाले आफैँ अन्यायमा परेको उल्लेख गर्दै उनले थपे, ‘…एमाले आजीवन जनताको न्यायका लागि लड्यो । अब आफैँलाई अन्याय हुँदा नलड्ने कुरो भएन।’ जबसम्म सभामुखले आफूहरुले दिएका दुई वटा विकल्पमध्ये एउटा रोज्नुहुन्न तबसम्म एमालेले संसद अवरोध गरिरहेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया