सेलो गायिका निर्मला घिसिङको ‘शिरफूल’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका निर्मला घिसिङको स्वर रहेको ‘शिरफुल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौं बनस्थली स्थित बर्गर हाउसमा विमोचन भएको उक्त गितमा बरिस्ठ गायक एवम् संगीतकार चन्द्रकुमार दोङको संगीत,एरेन्ज फणिन्द्र राई, तथा मिक्सिङ मास्टरिङ सुमन खड्काले गरेका छन् ।

पद्म मोक्तानले लेखेको उक्त गीतको भिडियोमा मोडलिङ क्षेत्रमा निक्कै सम्भावना बोकेकि कलाकार रोहनी लामा र नरेन मोक्तानको अभिनय रहेको छ । भिडियोको निर्देशन अजय स्याङतनले गरेका हुन भने छायाङ्कन बिक्रम मोक्तानले गरेका हुन् ।

कार्यक्रम विमोचन अनौपचारिक रहेकोले उक्त कार्यक्रममा कुनै पनि प्रमुख अतिथि नरहे पनि कार्यक्रममा अतिथिको रुपमा बरिस्ठ गायक एवम् संगीतकार चन्द्र कुमार दोङ, सुशन लामा, फूल कुमार बोम्जन, खेम मोक्तान , गायिका शशिकला मोक्तान, कमला दोङ, कलाकार रजनि घिसिङ लगायत दर्जनौं कलाकारहरु सहभागी थिए ।

भिडियो विमोचन कार्यक्रममा बोल्ने क्रममा उक्त गीतका संगीतकार चन्द्रकुमार दोङले ‘शिरफुल’ गीतमा अरु सेलोमा भन्दा तुलनात्मक रुपमा नयाँ प्रयोग तथा दर्शकले नयाँ मिठास पाउने गरि संगीत दिएको बताए ।
कार्यक्रममा गायिका घिसिङले उक्त गीतमा सबैजनाले धेरै मेहनत गरेकाले दर्शकहरूले उक्त गीतलाई माया गर्ने कुरामा आफु विश्वस्त रहेको बताइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया