राष्ट्रिय कृषक समुह महासंघद्वारा १०९ घर धुरी बिपन्न परिवारलाई राहत

महेश सिंह सिरहा । राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा १०९ घर धुरी बिपन्न परिवारलाई राहत वितरण गरिएको छ । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ ,५,८, र १० मा वितरण गरेका छन् ।

गोलबजार नगरपालिका भित्र रहेका धर्मपुर,मुक्सार,चोहर्खा सदाय टोल लगायत ठाँउहरुमा राहत सहयोग गरेका हुन्।
मजदुरी बाहेक अरु आमदानीको श्रोत नभएको र भुमिहिन सुकुम्बासी र ज्यालादारीमा काम गर्ने ब्यक्तीहरुलाई राहत सहयोग गरीएको कृषक महासंघका प्रतिनिधि राम सेवक रामले बताए ।

गोलबजार नगरपालिका भित्रका ५ पाँच वटा वाडाका जम्मा १०९ घर धुरी अति बिपन्न परिवारलाई दुई महिना खान पुग्ने दाल ,चामल, लगायत प्रती ब्यक्ती १३तेह्र हजार ३ सय ३३ रुपैया मुल्य बराबरको राहत सहयोग गरीएको बताउनु भयो ।
पछिल्लो बर्षहरुमा पनि महासंघले बिपन्न् बस्तीहरुमा राहत सहयोग गरेको राष्ट्रिय कृषक समुह महासंघ नेपालका जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवारले बताए ।

उक्त राहत जनप्रतिनिधि तथा वाडा नम्बर ८ का वाडा अध्यक्ष नागेन्द्र सिंह महतोको रोहवरमा वितरण गरेका थिए। महतोका अनुसार महासंघ र केयर नेपालको सहयोगमा बिपन्न समुदायमा जाडाे मौसममा काम गर्न कठिन हुँदा गरिब दलितहरुलाई राहत सहयोग गरेको र राहत पाएका बिपन्न परिवारहरुले खुशी भएका थिए ।
महासंघले समाजमा विभिन्न किसिमको समस्यामा परेका किसानहरुको हक हितको लागी काम गर्दै आएका छन ।

महासंघले सिरहा,सप्तरी लगायतका किसानहरुको समस्या सुने संस्थाको रूपमा चर्चित रहेका जिल्ला परियोजना अधिकृत दिलिप कुमार साहले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया