हालसम्म १० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’ : मन्त्रालय

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ अनुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन् । हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया