रामेछाप एमालेद्धारा दुई पालिका र १८ वडाअध्यक्षको उम्मेदवार सर्वसम्मत

रामेछाप । रामेछापमा नेकपा एमालेले वडा तथा पालिकाका उम्मेदवार भटाभट सिफारिस गरिरहेको छ । नेकपा एमालेले जिल्लामा रहेका आठ वटा पालिकाको ६४ वटा वडाध्ये १८ वडाको वडाध्यक्ष र दुई पालिका अध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको हो ।
सम्बन्धित वडा कमिटीहरूबाटै सहमतिमा उम्मेदवार सिफारिस भएको एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हालसम्म रामेछाप नगरपालिका र सुनापति गाउँपालिकाको प्रमुख पदका उम्मेवदार पनि सर्वसम्मत गरिएको छ । रामेछाप नगरपालिकाको प्रमुखमा रोशन पाख्रिन र प्रमुखमा सीता केसी सर्वसम्मत सिफारिस हुनुभएको छ ।
रामेछाप नगरपालिकाका अधिकांश वडाध्यक्षका उम्मेदवार पनि सर्वसम्मत भएका छन् । प्रमुख र उपमेयरका उम्मेदवारहरु मतदाता समक्ष घरदैलोमा जान थालिसकेका छन् ।
त्यस्तै सुनापती गाउँपालिका अध्यक्षमा ज्ञानकुमार योन्जन सर्वसम्मत सिफारिस हुनुभएको छ । योन्जन पछिल्लो नेकपा विभाजनपछि माओवादी छाडेर एमालेमा लाग्नुभएको हो ।
जिल्ला कमिटीका अध्यक्ष क्षेत्रले अहिलेसम्म जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १–को अध्यक्षमा ङावातेण्डु शेर्पा, लिखु तामाकोसी गाउँपालिका वडा नं १ मा प्रदीप तामाङ, मन्थली नगरपालिका वडा नं १ मा दिनेश सुवेदी, वडा नं ४ मा सुक्र श्रेष्ठ, वडा नं ६मा शङ्कर थापा,वडा नं ११मा भुपाल पुलामी र वडा नं १२मा खुसहरि बुढाथोकी लाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको बताउनुभयो ।
यसैगरी रामेछाप नगरपालिका वडा नं १ मा डोरबहादुर कार्की, वडा नं ३ मा रामकुमार खत्री, वडा नं ५ मा अनिल श्रेष्ठ, वडा नं ७ मा धुर्ब बस्नेत, वडा नं ८ मा श्याम श्रेष्ठ र वडा नं ९मा देवबहादुर श्रेष्ठलाई एमालेले वडा अध्यक्षका लागि उम्मेदवार सिफारिस गरेको छ ।

यसैगरी सुनापति गाउँपालिका वडा नं ३ मा ललितकुमार ग्यापक, वडा नं ४ मा अमरध्वज लामा, दोरम्बा सैलुङ गाउँपालिका वडा नं ४ मा षडानन्द थापामगर, वडा नं ७ मा गंगाबहादुर लामा र लिखुतामाकोसी गाउँपालिका वडा नं ४ मा मोहन क्राप्छाकी मगर वडा अध्यक्षका लागि सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया