
जापान । रामेछाप समाज जापानले आउँदो अगस्ट २८ तारिख टोक्योमा रामेछाप तीज शुभकामना साँझ २०२२ को भब्य तयारीमा जुटेको छ । पुनर्गठित रामेछाप समाज जापानको सचिवालय रामेछाप तीज शुभकामना साँझ २०२२ को भब्य तयारीमा जुटेको हो ।
नेपालको विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोगार्थ रामेछाप तीज शुभकामना साँझ र चेलिवेटीलाई नि शुल्क दर खुवाउने कार्यक्रम गर्ने कार्यक्रम संयोजक बिनुका खड्काले जानकारी दिनुभयो ।
कार्यक्रमको पहिलो सत्रमा रामेछाप समाज जापानको नयाँ कार्य समिति घोषणा, २ बजेबाट रामेछाप तीज शुभकामना साँझमा परदेशी गायक सुर्य खड्का, गायक सविनबावु मगर, गायक उत्तम कार्की र गायिका डान्सर मोनिका मगरले दर्शकहरुलाई मनोरञ्जन दिने रामेछाप समाज जापानले जनाएको छ ।
स्मरण रहोस रामेछाप समाज जापानले कोभिड महामारीअघि नेपालबाट कलाकार जापान ल्याई रामेछाप सांस्कृतिक साँझ, तीज साँझ लगाएको कार्यक्रम गरेको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया