आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने, सेप्टेम्बर २७ अन्त्येष्टि समारोह

टोकियो । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने अपेक्षा गरिएको छ।

करिब ६ हजार ४ सय जनाको सहभागी हुने गरि गरिन लागेको व्यवस्थाका लागि सरकारले आगामी मन्त्रिपरिषद् बैठकमा सो खर्चको निर्णय गर्ने बताईएको छ । समारोह सेप्टेम्बर २७ मा टोकियोको निप्पोन बुदोकान हलमा आयोजना हुने तय भएको छ।

राज्यले राष्ट्रिय अन्त्येष्टिको लागि स्थल शुल्क र तापमान जाँच, कीटाणुशोधन र कोरोनाभाइरसको फैलावट कम गर्न लगायत अन्य खर्च सहित सम्पूर्णको लागि उक्त रकम खर्च हुने र सो रकम सरकारले बेहोर्ने बताइएको छ।

सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि पूर्व प्रधानमन्त्रीका हैसियतमा दोस्रो राजकीय अन्त्येष्टि हुन लागेको यस भन्दा पहिले सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो। १९६७ मा पूर्व प्रधानमन्त्री योशिदाको राज्यले अन्त्येष्टि गर्दा एक पूर्व युद्धोत्तर प्रधानमन्त्रीको लागि भनेर सोहि निप्पोन बुदोकान हलमा आयोजित गरिएको थियो। आबेको राजकीय अन्त्येष्टि योशिदाको लागि जस्तै स्तरमा आयोजित हुने अपेक्षा गरिएको छ। समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सहभागी हुने व्यवस्था सरकारले गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयले जापानसँग कूटनीतिक सम्बन्ध रहेका १९५ देश र क्षेत्रलाई कार्यतालिकाबारे जानकारी गराएको छ । संसद सदस्यहरू र स्थानीय सरकारी अधिकारीहरूलाई राष्ट्रव्यापी रूपमा स्मारकमा आमन्त्रित गरिने अपेक्षा पनि गरिएको छ।

आबेमाथि जुलाई ८ मा नारा शहरमा चुनावी भाषणका क्रममा एक बन्दुकधारी आक्रमण गरि गोली हानी हत्या भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया