
टोकियो । जापानमा पछिल्ला वर्षहरुमा आत्महत्याका घटनामा झिनो गिरावट आएको तथ्यांक सार्वजनिक भएके छ । सव २०१९ मा जापानमा १९ हजार ९ सय ५९ जनाले आत्महत्या गरेका छन् । यो अघिल्लो वर्ष भन्दा ४.२ प्रतिशतले घटेको हो ।
प्रहरीको तथ्यांक अनुसार, सन १९७८ देखि नेश्नल पोलिसी एजेन्सीले रेकर्ड लिन सुरु गरे देखि कै, आत्महत्याको घटना २० हजारभन्दा कम भएको यो पहिलो रेकर्ड हो । शुक्रबार जारी यो तथ्यांक केबल प्रारम्भिक हो, आगमी मार्चमा पुन परिक्षण गरि अन्तिमतथ्य प्रस्तुत गरिने स्थानीय समाचारमा उल्लेख छ । हालको यो तथ्याङ्क अनुसार, प्रति १ लाख मानिसहरुमा आत्महत्या गर्नेको संख्या १५ दशमल ८ मा झरेको छ । यो दर सन २०१८ भन्दा ०.७ प्रतिशतले सुधार घटेको हो । जापान सरकारले आत्महत्याका घटनाहरु कम गराउन प्रयास गरिरहेको छ । सरकारी योजना सफल भएमा सन २०२५ सम्ममा यो दर १३ मा झर्नेछ ।
लिंगको आधारमा हेर्दा महिलाहरुको आत्महत्या दरमा उल्लेख्य घटेको छ । सन २०१८ को तुलनामा ५ सय २८ ले घट्दै ६ हजार २२ जना महिलाहरुले आत्महत्या गरेका छन् । तर पुरुषहरुको हकमा भने, केबल ३ सय ५३ जना कम भई १३ हजार ९ सय ३७ रहेको छ ।
यसरी आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी टोकियोका रहेका छन् भने क्रमश ओसाका, साइतामा, खानागावा तथा तोत्तोरी प्रिफेक्चरहरुमा बसोबास गरेनेहरु रहेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया