गायिका आस्था राउतले गरिन् प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । गायिका आस्था राउतले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छिन् । राउत सोमबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा आफैं उपस्थित भएकी हुन्।

परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार गायिका राउत बिहान ८ बजे केही आफन्तहरुसहित परिसरमा आएकी हुन् । प्रहरीले अब थप प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । प्रहरीले गायिका राउतले कानुनको सम्मान गरेको टिप्पणी गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।

प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन् । उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: