बेइजिङ । बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ । अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ ।
पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक भएको बताएको छ। अमेरिकी अखबार द वासिङटन पोस्टकाअनुसार निष्काशित हुने पत्रकारमा डेपुटी ब्यूरो प्रमुख जोसेफ चिन, चाओ देङ र फिलिप वेन रहेका छन्। चीन र देङ अमेरिकन नागरिक हुन् भने वेन अस्ट्रेलियन नागरिक भएको वासिङटन पोस्टले जनाएको छ । जर्नलले फेब्रुअरी ३ देखि कोरोनाभाइरसको विषयमा छाप्दै आएको स्तम्भमा चीनका विदेशमन्त्रीले आलोचना गर्दै आइरहेका थिए ।
स्तम्भ बार्ड कलेजका प्राध्यापक वाल्टर रसेलले ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ शीर्षकमा लेख्दै आएका थिए।
फेसबुकबाट तपाइको प्रतिक्रिया