जापानमा कोरोना संक्रमणको संख्या दैनिक बढ्दो,मृत्यु हुनेको संख्या ५७ पुग्यो

जापान  । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)संक्रमितको संख्या समयसमयमैं बढीरहेको छ ।

शनिबार विश्वमा ६ लाख भन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छन् भने २७ हजार जनाले ज्यान गुमाइसकेका छन् ।  शनिवार आज मात्रै जापानमा १३० भन्दा बढी संक्रमण भएको भेटिएका छन् ।   चिबा केनमा ५६ जनामा र टोकियोमा ६३ जनामा कोरोनाको संक्रमण भेटिएका हुन । एनएचकेको अनुसार जापानमा कोरोना भाईरस १४ सय जनामा संक्रमण र ७१२ जना योकोहामा पोर्टमा क्वारेन्टाइन गरेर राखिएको क्रुज पानीजाहाजबाट छन् ।  अहिलेसम्म जापानमा ५७ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको एनएचकेमा समाचार छ ।

जापान सरकारले टोकियो भित्रने नारिता र हानेदा एयरपोर्टमा आउने विदेशीलाई सेल्फ क्वारन्टाईनमा बस्न यातयातको सहयोग गर्न तैनाथ फोर्स राखेको जनाएको छ । जापान भित्रने विदेशीलाई १४ दिनसम्म क्वारन्टाईनमा बस्दा सार्वजनिक बस,रेल लगाएतको स्थानमा जान र प्रयोग गर्न बन्देज गरेको जनाएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले सरकारले कोरोनासंग लड्न १४ मिलियन येन खर्च गर्ने घोषणा गरेका छन् । शनिवारको पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले कोरोना संक्रमणले यहि गति लिए राष्ट्रिय संकट घोषणा गर्ने संकेत गरेका छन् ।  सरकारले टोकियो आसपास,चिवा प्रान्त र ओसाका क्षेत्रमा भिडभाड नगर्न र काम भन्दा बाहेक बाहिर ननिस्कन आदेश दिएको छ ।

आबे सरकारले हालसम्म आपतकालको राष्ट्रिय संकट घोषणा नगरेको पनी कोरोनाबाट लडन १४ मिलियन येन खर्चमा आदेश र विश्वव्यापी आर्थिकमन्दीलाई रोक्न खोज्ने नीति निर्माताहरूलाई सामेल गर्ने बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया