सुदूरपश्चिम प्रदेशका उद्योग मन्त्री रामेश्वर चौधरी बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वन मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले बिहीबार उनलाई पद मुक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहको सचिवालयले वन मन्त्री चौधरीलाई बर्खास्त गरिएको बताएको छ । वन मन्त्रीको पदबाट चौधरीलाई हटाएर उनले मन्त्रालयको जिम्मेवारी आफू मातहतमा राखेका हुन्।

अनुदानमा पावर टिलर वितरणमा आर्थिक अनियमितता गरेको र किसानलाई ठगेको गुनासो आएपछि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन भनेका थिए। तर, वन मन्त्री चौधरीले अटेरी गरेपछि मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया