कोरोना भाइरस संक्रमित जापानका हास्यकलाकार सिमुराको निधन

टोकियो । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपश्चात हस्पिटल भर्ना भएका जापानका चर्चित हास्यकलाकार सिमुरा केनको निधन भएको छ ।

उनमा न्यूमोनिया देखिएको थियो । ७० वर्षीय सिमुराको मार्च २९ मा निधन भएको एनएचकेमा समाचार छ ।

जापानी कमेडियन सिमुरा कोरोना भाईरसबाट संक्रमित भई उपचारत थिए । सिमुरामा कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछी एक साता अघि टोकियोस्थित अस्पताल भर्ना भएका थियो ।  जापानको हिगासी मुरायामा टोकियोमा सन् १९५० मा जन्मिएका शिमुरा उच्चशिक्षा अध्ययन गर्दा इकारिया र चोसुके लगायतका कलाकारहरुले नेतृत्व गरेको ’द ड्रिफ्टर्स’ नामक कमेडियन ब्याण्डमा आधिकारीक सदस्य भएका थिए । त्यसपछि विभिन्न २०० स्टेच तथा शोहरुमा सक्रिय रहँदै आएका उनी यनी ’एट ओ कल्कक’, ’अल मेम्बर ग्यादरिङ’, ’हिगाशी मुरायामा ओन्दो’, ’हिगे डान्स’ लगायतका टेलिभजिनका लोकप्रिय हास्य कार्यक्रमहरु मार्फत उदाएका थिए । उनी ’बाका दोनो’, ’वेयर्ड अंकल’, ’इन, डफी’ लगाएत लोकप्रिय कार्यक्रमहरु मार्फत टेलिभिजनका पर्दाबाट लोकप्रिय हासिल गर्दै आएका थिए । शिमुरा ऊर्जा वान रुपमा सक्रिय उनी विभिन्न किसिमका कार्यक्रमहरूको होस्टिंगसमेत गर्थे ।

चीनको वुहानवाट फैलिएको कोभिड-१९ बाट विश्वमा ३३ हजार भन्दा बढीको ज्यान गईसकेको छ भने ७ लाख भन्दा बढी संक्रमित छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया