काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूहरु विरुद्ध प्रचार आक्रमण छोडिएको बताएका छन्। बुधबार राजधानीमा सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफूहरु विरुद्ध प्रचार आक्रमण छोडिएको बताएका हुन्।
‘अहिले हाम्रा विरुद्ध प्रचार आक्रमण छेडिएको छ, यसलाई आक्रमण नै भन्नुपर्छ,’ उनले भने, ‘तर हामीले विवाद होइन कामको परिणामबाट जवाफ दिँदै आएका छौं।’
प्रधानमन्त्री ओलीले आफूहरुको लोकतान्त्रिक निष्ठाका विषयमा प्रश्न उठाउने गरिएको भन्दै नेकपाको नामका कारणले वैचारिक पूर्वाग्रह राखेर पनि टिप्पणी हुने गरेको बताए। ‘हाम्रो पार्टीको नामकै कारणले पनि पूर्वाग्रह राखेर टिप्पणी भएको हुन सक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वैचारिक आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर वैचारिक र व्यवहारिक क्षेत्रमा प्राप्त गरेका उपलब्धिको कसीमा प्रस्तुत हुन चाहेको बताए।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएका र अन्तर्राष्ट्रिय जगतले तय गरेको मापदण्ड अनुसार नै नेपाल अगाडि बढिरहेको जनाए।
उनले लोकतन्त्र, लोकतान्त्रिक प्रणाली, बहुदलीय प्रतिश्पर्धात्मक प्रणाली र त्यस अन्तर्गतका प्रक्रियालगायतका विषयमा आफूहरुको निष्ठामाथि प्रश्न नउठाउन आग्रह गरे।
‘हामीले लोकतन्त्र, लोकतान्त्रिक प्रणाली, बहुदलीय प्रतिश्पर्धात्मक प्रणाली र त्यस अन्तर्गतका प्रक्रियालगायतका विषय हामीले तत्कालीन कार्यादिशा अनुसार उपयोग गरेका होइनौं,’ उनले भने, ‘हामीले यी आधारभूत विषयलाई आदर्शका रुपमा स्वीकार गरका छौं। हाम्रो समाज शान्तिपूण ढंगले अगाडि बढ्न सक्छ।’
प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विभिन्न शक्तिले विभिन्न समयमा हतियार उठाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हतियार उठाउने सबै शक्तिले अन्तिममा आएर शान्तिपूर्ण बाटोमा आइपुगेको जनाए।
फेसबुकबाट तपाइको प्रतिक्रिया