कोरोना भाइरस अप्डेट : टोकियोमा आज आईतवार १४३ जना संक्रमण पुष्टि

टोकियो । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण जापानको आइतबार टोकियोमा १४३ जना संक्रमण पुष्टि भएको छ । जापानको विभिन्न स्थानहरुमा संक्रमितहरु देखिने क्रम बढेको छ ।

आइतबार १४३ व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको याहुको अनलाइन संस्कारणमा समाचार छ । यो एकै दिनमा देखिएका संक्रमितहरुमध्ये सबैभन्दा धेरै संख्या हो । हिजो मात्र टोकियोमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आइतबार १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै टोकियोमा संक्रमितहरुको संख्याले १ हजार ३४ पुगेको छ ।  जापानभर ३,१३९ संक्रमित,७७ जनाको मृत्यु र ५१४ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जापानको इबाराकी प्राप्तमा २१ बर्षिया नेपाली युवती पनि कोरोना संक्रमित पुष्टि भएको थियो । कोरोना भाइरसको संक्रमण बढदै गएपछि आईतवार साँझ टोकियो गभर्नर युरिको कोइकेले भिडभाडमा नजान, बाहिर ननिस्कन पुन:अनुरोध गरेकी छन् । आज टोकियो आसपासका सडकहरूमा मानिसको चहलपहल निकै कम देखिएको छ ।

जापानमा धेरै भिडभाड र केहि ब्यवसायहरु स्वघोषित बन्द गरेका छन्  । यहाँ विभिन्न पेशा,ब्यवसायी गर्ने नेपालीहरुपनि केहिले आफ्नो ब्यवसायी बन्द समेत गरिसकेका छन् भने स्टुडेन र डिपेन्डेन भिजामा भएका नेपालीहरुलाई पार्टटाइम काम पाउन समस्या भएको देखिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया