
काठमाडौं । सरकारले शान्तिपूर्ण र सशस्त्र आन्दोलनका घाइते, बेपत्ता, अपांग भएकाहरुको परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले बैठकले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको जानकारी दिए ।
परराष्ट्रमन्त्री संयोजक रहेको कार्यदलमा अरू मन्त्रीहरू सदस्य छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वजनमुक्ति सेनासँग छलफल गरी उनीहरुमा माग सम्बोधन गर्ने बताएका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया