जापानको ७ प्रान्तमा आपतकाल घोषणा,अप्रिल ७ बाट में ६ तारिखसम्म लागू हुने

टोकियो । जापानमा कोरोना भाइरस कोभिड १९ संक्रमण बढ्दै गएपछि टोकियोसहित जापानको ७ प्रान्तमा आपतकाल घोषणा गर्ने भएको छ ।

सोमबार जापानका प्रधानमन्त्री शिन्जो आबेले जापानका ७ प्रान्तहरुमा मंगलवार औपचारिक आपतकाल घोषणा गरिने बताएका छन् । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढिरहेका जापानमा ३५ सय जनामा संक्रमण र ८५ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री आबेका अनुसार आपतकालको अवस्था १ महिनासम्मका लागि हुने समेत उल्लेख गरेका छन्  ।

जापानको राजधानी टोकियो सहित कानागावा, साइतामा,चिबा,ओसाका, ह्योगो र फुकुओका प्रान्तमा भोलि मंगलवार अप्रिल ७ तारिखदेखि मे ६ तारिकसम्म आपतकालको घोषणा गर्ने निर्णय लिएको बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया