प्रधानमन्त्री आबेद्वारा जापानभर आपतकाल घोषणा,मे ६ सम्म लागू

टोकियो । जापानमा कोरोना भाइरस रोकथामको लागि प्रधानमन्त्री शिन्जो आबेले देशभर आपतकाल घोषणा गरेका छन । बिहिबार मध्यरातबाट लागू हुने गरि जापानभरका ४७ ओटै प्रान्तमा आपतकाल लागू हुने जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।

जापानभर आज बिहिबार मध्यरातदेखि सुरु भई आगामी मे ६ तारिखसम्म लागू हुने छ । आपतकाल घोषणा भएसंगै प्रत्येक व्यक्तिलाई १ लाख जापानी येन नगद दिइने समेत घोषणा गरेका छन् । प्रत्येक नागरिकलाई १ लाख जापानी येन दिने संसदमा पेश गर्न लागिएको बजेटमार्फत सो रकम दिने तयारी छ । प्रधानमन्त्री आबेले बिहिबार नै विज्ञ तथा सल्लाकारहरुसंग आपतकाल घोषणा गर्ने–नगर्नेबारे छलफल गरेका थिए ।

प्रधानमन्त्री आबेले कोरोना भाइरस विरुद्ध विशेष ऐनमार्फत देशभर आपतकालिन घोषणा गर्ने निर्णय गरेको एनएचकेमा समचार छ ।  यसअघि टोकियोसहित अति प्रभावित ७ वटा प्रान्तमा आपतकाल घोषणा गरेको थियो ।

प्रधानमन्त्री आबेले भने तत्कालको लागि होक्काइडो, इबाराकी प्रान्त, इशिकावा प्रान्त, गिफु प्रान्त, आइची प्रान्त र क्योटो प्रान्त अति प्रभावित रहेको समेत उल्लेख गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया