जापानभर आज २५३ जना नयाँ कोरोना संक्रमित थपिए

टोकियो । जापानमा आज आईतबार एकैदिन २५३ जना नयाँ कोरोना भाइरस संक्रमण थपिएका छन् ।

राजधानी टोकियोभित्र आईतबार ५ बजेसम्म १०७ जनासहित जापानमा ३७२ जनामा संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख गरेको छ  । टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या ३ हजार ८२  जना पुगेको छ । हालसम्म जापानमा संक्रमित चीनबाट चार्टर गरि ल्याइएकाहरु र योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या ११ हजार ३ सय ९८ जना पुगेको छ । जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले क्रुज पानीजहाजका यात्रुसहित २४३ जनाले ज्यान गुमाई सकेका छन् ।

जापानमा हिजो शनिबार १७ जनाको मृत्यु र ५८४ लाई संक्रमित भेटिएका थिए,हिजोको तुलनामा आज केहि घटेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया