
जापान । टोकियोमा सोमवार ८७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । सोमवार दिउसो सम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ४ हजार ६ सय ५४ पुगेको छ ।
जापानभरमा आपतकाल घोषणा गरिएको छ, संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएका टोकियो सहितका अन्य स्थानहरुमा विशेष सतर्कता अपनाउनु जापान सरकारले अपिल गरेको छ ।
जापान सरकारले मे महिनाको ३१ तारिख सम्म विस्तारको निर्णय गरि आपतकाल घोषणा आज गरेको हो ,संक्रमितको अवस्था हेरेर कम प्रभावित क्षेत्रमा खुकुलो पार्ने गरि आपतकाल घोषणाको म्याद थपग र्ने निर्णयलाई सरकारले अन्तिम रुप दिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया