टोकियोमा आज २३ जनामात्र कोरोना पुष्टि,संक्रमित संख्या ४,७७१ पुग्यो

जापान । राजधानी टोकियोमा आज विहिबार २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टोकियोका विभिन्न स्थानहरुमा गरि आज २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

हिजो बुधबार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आज साँझसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ४ हजार ७ सय ७१ पुगेको छ । टोकियोमा ५ दिनयता १०० जना कमलाई कोरोना भाइरस संक्रमण रिपोर्ट देखिएको छ । हालसम्म टोकियोमा आज ५ जनाको मृत्यु सहित १६० जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

जापानमा एक साता लामो बिदा गोल्डेन वीकमा धेरै जसो हस्पिटलहरु बिदामा भएकोले बिरामीको पिसिआर टेस्ट नै गर्न नपाएकाले संक्रमण संख्या घटेको अनुमान गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया