टोकियोमा आज ३६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ४,८४६ पुग्यो

जापान । शनिबार आज राजधानी टोकियोमा ३६ जना थप संक्रमण पुष्टि भएको छ ।  टोकियोमा शनिबार ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।

हिजो टोकियोमा ३९ जना थप संक्रमण पुष्टि भएको थियो । ७ दिनयता टोकियोमा १०० जना भन्दा कम संक्रमण देखिएको छ । अहिलेसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ४,८४६ जना पुगेको छ । शनिबार विहानसम्म जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार जापानमा आन्तरिक १५,६६३ छन् भने योकोहामा क्रुजका ७१२ जना गर्दा कुल संक्रमित १६,३७४ जना रहेका छन् ।

जापानभर ६०६ र  योकोहामा क्रुजको १३ गरि जापानमा ६१९ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया