माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले माधव नेपाल पक्षले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन निर्देशन जारी गरेको छ । नेता नेपाल समूहले आज भर्चुअल बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन सूचित गरेका छन् ।

निर्देशनमा भनिएको छ, ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले)को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवम् भत्र्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानुन विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सूचित गर्दछु ’

फेसबुकबाट तपाइको प्रतिक्रिया