नेपालमा २९३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १५७८४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९३ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आइतबार २९३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ। हिजो शनिबार देशभर २३२ जना संक्रमित थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन् । ४ सय ६९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जनामा संक्रमण देखिँदा २ हजार ३४ जना डिस्चार्ज भएका छन् । बागमती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ २ सय ३४ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ । भने क्रमसः १ हजार १ सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन् ।

देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ५१ जहजार ७ जनाको परीक्षण भएको छ । यस्तै अहिले क्वारेन्टिनहरुमा ३१ हजार ५ सय ७३ जना रहेका छन् । ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

मन्त्रालयले क्वारेन्टिनमा बस्दा अनिवार्य मास्क लगाउन र क्वारेन्टिन बस्नु र जानुपूर्ण अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया