काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । बुधबार काठमाडौंका ५७ जना, ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ३ सय ५९ जनाको नमुना परीक्षण गरिएको छ । योसँगै पीसीआर विधिबाट अहिलेसम्म ४ लाख १२ हजार ९ सय ५३ जनाको नमुना परीक्षण गरिएको छ । हाल क्वारेन्टाइनमा ९ हजार ९ सय २५ जना छन् । आइसोलेसनमा ६ हजार १ सय ७४ जना संक्रमित छन् ।
बुधबार थप १ सय ३० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ ।
यस्तै, कोरोनाबाट पर्सामा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षियाा किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया