कालिकोटको नख्खुमा पहिरोमा परी एकै परिवारका चारसहित ६ जनाको मृत्यु

कालिकोट । लगातारको वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा कालिकोटको महावै गाउँपालिका वडा नं.३ नख्खुमा एकै परिवारका चारजना सहित ६ जनाको मृत्यु भएको छ ।

गएराति आएको पहिरोले वडा सदस्य रज बहादुर बिष्टको घर पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

उनकाअनुसार विष्टका २ छोरा २ छोरी र उहाँका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १९ वर्षीया शान्ति, १८ वर्षीया सबिना, १५ वर्षीया आशा, १३ वर्षीय पुष्प, ११ वर्षका प्रबिन र १० वर्षीया रेखा बिस्ट रहेको डिएसपी ओलियाको भनाई छ ।

घटना भएको स्थानमा प्रहरी परिचालन गरिएको छ । कालिकोटमा यसअघि बाढी र पहिराबोट १९ जनाको मृत्यु ६ जना वेपत्ता भएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया