९ अर्ब भ्रष्टाचार भएको प्रमाण ल्याउन भट्टराईलाई कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा.बाबुराम भट्टराईलाई चुनौती दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाएका थिए । त्यसको प्रमाण दिन समेत आफू तयार रहेको उनले बताएका थिए ।
कांग्रेसले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् । केवल आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने भन्दै कांग्रेसले भनेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया