गीतकार अम्गाइको शब्द रहेको काले केटा-२ ले चर्चा कमाउदैँ

काठमाडौं । सार्वजनिक गरिएको केही घण्टामै ट्रेन्डिङमा उक्लन सफल गीत ‘काले केटा- २’ को लोकप्रियता बढ्दो क्रममा रहेको छ । अप्लोड भएको ६ घण्टामै ट्रेन्डिङमा उक्लिन सफल यो गीत माथि चाढ्ने क्रममा रहेको छ । गीतकार ध्रुबप्रसाद अम्गाइको शब्द तथा सफल तथा चर्चित सङ्गितकार अर्जुन पोखरेल सङ्गित तथा संयोजन रहेको गीत काले केटा-२ लाई सङ्गितकार पोखरेलकै श्रीमती दुर्गा खरेल (पोखरेल)ले गाएकी हुन भने उन गायक प्रताप दाशले साथ दिएका छन ।

नेपालमै पहिलो पटक म्युजिक भिडियोमा पार्टी बसको प्र्योग भएको सङ्गीतकार पोखरेल बताउछन। नगरकोटको रमणिय ठाउहरुलाई भिडियोमा देखाइएको छ । काठमाँडौको आर्क ब्रिजलाई पनि भिडियोमा निकै आकर्शक तरिकाले उतारिएको छ ।
नायकद्वय पल शाह र नायक आकाश श्रेष्ठ र चुल्बुले नायिका पूजा शर्माको केमेस्ट्री दर्शकले खुब रुचाएका छन । गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गीतकार अनी सङ्गीतकारले मज्जाको कुरालाईलाई बताए । उक्त गीतलाई साजन शाहले मिक्सिङ गरेका हुन ।

निर्देशक विधान कार्कीको निर्देशन, छायाँकार उत्सब दाहाल छायाँकन तथा बिकाश दाहालको सम्पादन रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया