
काठमाडौं । गायिका चित्रा श्रीसको “कुहु कुहु चरी ” बोलको गीत सार्वजनिक भएको छ ।
आत्मा विश्वास फिल्मस प्रा.लि को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा चर्चित गायक एवम् आफैमा सर्जक साथै निर्देशन तथा मोडेल दुर्गा बिरहीको शब्द तथा संगीत रहेको छ । चर्चित गायक बिक्रम परियार र चित्रा श्रीसको स्वर रहेको गीतको झलक संगितम्ले एरेन्ज गरेका छन् । आलाप स्टुडियोमा रेकर्डिङ गरिएको गीतको शिव विकले निर्देशन गरेका छन् । अजय रेग्मीको छायांकन रहेको गीत मिलन बिकले सम्पादन गरेका छन् भने दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया