उपत्यकामा ३,१०७ सहित ५,७४३ मा कोरोना पुष्टि,संक्रमित १ लाख ३९ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको बताए ।

काठमाडौंमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।यो संगै सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

पीसीआर विधिबाट थप २०,११८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४०६५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

आइसोलेसनमा ४४,४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । बुधबार निको भई थप २,९९६ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ९९,६०५ पुगेको छ । आइसियूमा २६९ र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया