
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टीभित्रको बहस बिधी र पद्धतीका लागिमात्र भएको बताएका छन् ।
पार्टी कार्यालय धुम्वाराहीमा शनिबार कांग्रेसका पूर्व सांसद कौसर साहलाई नेकपा प्रवेश गराउदै प्रचण्डले अवको समाजवादको यात्रामा अघि बढ्न सन्दर्भमा कस्तो आर्थिक नीति हुने, कस्तो राजनीतिक मान्यताहरुलाई अवलम्वन गर्दै जाने र कस्तो आचारसंहितालाई पालन गर्ने भन्ने बहसमात्र भएको बताएका हुन् ।
उनले बिधी बिधान र पद्धतीलाई स्थापीत गर्न पार्टी भित्र हुने बहस स्वभाविकमात्र भएको उल्लेख गरे । समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा रहेको उनको भनाई छ ।
उनले गणतन्त्रलाइ रक्षा र सुदृढ गर्ने र यो प्रणालीमार्फत मुलुकको आर्थिक बिकासको यात्रा तय गरिने भन्दै यसमा चूनौति सामना गर्ने तागत कम्युनिष्ट पार्टीभित्र मात्र रहेको समेत बताए ।
त्यस्तै नेकपा नेता माधव कुमार नेपालले नेकपाप्रति जनताको विश्वास बढ्दै गएको बताए । उनले समाजमा रहेका सबै विकृति, विसंगति, भेदभाव, अन्याय अत्याचार र थिचोमिचोलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै रहेको समेत बताए ।
पार्टी प्रवेश गर्दै साहले कांग्रेसको नेतृत्व असक्षम तथा विचारविहीन भएकाले आफूहरुले कांग्रेस पार्टी परित्याग गरेको बताईन् । कांग्रेसले बीपीको विचारलाई पार्टी सिद्धान्त बनाउन नसकेको उनको आरोप छ ।
कांग्रेस नेतृ साहसँगै युवा बुद्धिजिवि राजनकुमार झा लगायत १ सय ९ जना नेकपामा प्रवेश गरेका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया