आन्दोलनको भावी रणनीति बनाउँदै प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो ।

आन्दोलनलाई थप सशक्त बनाउने बैठकले निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । बैठकमा आन्दोलनको भावी रणनीति, संगठन व्यवस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल भएको उनले बताए । बिहीबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए ।
बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया