आफूलाई माया गरेर भोट गर्नेहरुलाई निराश नबनाउने स्टार विजेता एलिना घोषणा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाल स्टार’की विजेता एलिना गुरुङले आफूलाई माया गरेर भोट गर्नेहरुलाई निराश नबनाउने बताएकी छिन् ।
शनिबार भएको फाइनलमा उनले सुरेश लामा, सन्देश बमजन लामा र लक्ष्मण लिम्बुलाई पछि पार्दै टाइटल जितिन् । योसँगै उनले ३५ लाख नगद, १ करोडको जीवन विमा र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।
गतवर्ष फागुनदेखि शुरु भएको ‘नेपाल स्टार’को निर्णायकमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त रहेका थिए ।

पोखराका विभिन्न रेष्टुरेन्टमा गीत गाउँदै आएकी २५ बर्षिया एलिनाले ‘नेपाल स्टार’को उपाधि जितेपछि आफूलाई भोट गर्ने सबैलाई धन्यवाद समे दिएकी छिन् । पोखरा महानगरपालिका –१३ विपीमार्गकी एलिनाले सानैदेखि गायनमा रुचि राख्दै आएकी थिइन् । उनले केही गीत रेकर्ड समेत गराइसकेकी छिन् ।

उनले ‘नेपाल स्टार’को यात्रामा आफूले धेरै कुराहरु सिकेको बताइन् । ‘मलाई नेपाल स्टारले धेरै कुराहरु सिकाएको छ । आफूमा धेरै परिवर्तन पाएकी छु’ उनले भनिन् ।

गीतसंगीतको क्षेत्रमा आफूले धेरै काम गर्न बाँकी रहेको बताउँदै आगामी दिनमा पनि माया गदिदिन सबैमा उनले आग्रह गरिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया