काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजना अघि नबढाउन अन्तरिम आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको हो ।
आदेशमा कालीगण्डकीको प्राकृतिक वहावलाई डाइभर्सन गरेर रिजर्भवालयल बनाउने काम गर्नु पर्यावरण प्रतिकुल नहुने भन्दै त्यो काम नगर्न नगराउन भनिएको छ । त्यस्तै आदेशमा नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम निकासी गर्ने लगायत प्राकृतिक र पर्यावरण प्रतिकुल हुने गरी काम नगर्न भनिएको छ ।
कालीगण्डकी नदी डाइभर्सन परियोजना अघि बढाउन सरकारले तयारी गरेपछि वातावरण संरक्षणकर्मीले रिट दायर गरेका थिए । कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको भएकाले रिटको अन्तिम टुंगो नलाग्दासम्म बहाव रोक्ने काम नगर्न अन्तरिम आदेशमा भनिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया