संघीय लोकतान्त्रिक गणतन्त्र तलमाथि गर्छु भन्ने नसोचे हुन्छ :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गरेका छन् ।

शुक्रबार बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले सरकारलाई ५ बर्ष काम गर्ने म्याण्डेड दिएको भएपनि प्रचण्ड–माधव समुहले व्यवधान गरेकाले संसद विघटन गरी ताजा जनादेशमा गएको स्पष्ट पारे ।

उनले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता जनाए । नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने समेत उनको भनाई छ ।
उनले प्रचण्ड–माधव समुहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताए । तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड—माधव समूहलाई व्यंग्य गरे ।

प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गरे । बेलायतको उदाहरण दिदै उनले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गरे ।

सभामा ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया