तीन वर्ष चुप लागेर बसेका छैनौं, धेरै काम भएका छन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमो उल्लेखनीय काम भएको बताएका छन् ।

बुटवलमा शनिबार भएको नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको कामदेखि आत्तिएर विरोधीहरुले आफूमाथि षड्यन्त्र सुरु गरेको बताए।

उनले बाटोघाटो, कृषि, सिँचाइ, सूचना प्रविधिलगायतका क्षेत्रमा धेरै काम भएको फेहरिस्त प्रस्तुत गर्दै सरकारको नेतृत्व गरेको तीन वर्ष पुगेको अवसरमा फागुन ३ गते प्रेसमार्फत जानकारी दिने बताए ।

प्रधानमन्त्रीले संविधानसम्मत् ढंगले प्रतिनिधि सभा विघटन गरेको बताए । ‘दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेको मलाई काम गर्न नदिएपछि र मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीभित्रैबाट भएपछि संसद विघटन गर्नुपरेको हो,’ उनले भने ‘विल्कुल संविधानसम्मत् विघटन गरिएको हो ।’ उनले आफूले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरेको बताए।

प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने काम गरेको भन्दै सर्वोच्चले संसद पुनर्स्थापनातिर नजाने विश्वास व्यक्त गरे।

फेसबुकबाट तपाइको प्रतिक्रिया