प्रधानमन्त्री ओलीको शपथ साढे २ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ।विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए। अन्य दलले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया