
काठमाडौं । मेक्सिकोकी एन्ड्रिया मेजाले ‘मिस यूनिभर्स २०२०’को ताज जितेकी छिन्। पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन्। अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगीतामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधी जितेकी हुन् ।
‘यदि तपाई देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले उपाधी जितेकी हुन् ।ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् । यो प्रतियोगीतामा नेपालकी अनिष्का शर्माले पनि सहभागीता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया