
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थप गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो ।
बुधबार मध्यरातिदेखि २४ गते मध्यरातसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय आज मध्यराति सकिँदै थियो । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया