
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।आइतबार रिट निवेदक पक्ष र सरकारी वकिलहरुले संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस भएको छ।
आइतबार दुबै तर्फको बहससँगै संसद विघटनसम्बन्धी मुद्धा हेर्दाहेर्दैमा राखिएको छ ।संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण उनले संसद विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै रिट निवेदक पक्षका वकिल त्यसविरुद्ध उभिएका छन् । इजलासमा श्रेष्ठसँगै तेजबहादुर केसी पनि बाहिरिनुपर्ने रिट निवेदक पक्षको माग रहेको छ ।
तर, आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा न्यायाधीशको अधिकार तोक्ने अधिकार वकिललाई नभएको भन्दै आक्राशित बनेका छन् । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमुकुमार श्रेष्ठ रहेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया