
काठमाडौं । सत्य घटनामा आधारित उपन्यास ‘सखिला’को विमोचन गरिएको छ । उत्तम निरौलाद्धारा लिखित ‘सखिला’ उपन्यासको शनिबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।उक्त उपन्यासको विमोचन वरिष्ठ साहित्यकार पद्मावती सिंहले गरेकी हुन् ।
उपन्यास सखिलालाई सम्पादन गरिदिने प्राध्यापक डा. प्रकाश तिवारीले उपन्यासबारे प्रकाश पारेका थिए । उपन्यासले सत्य कथामा आधारित रहेर नेपाली छोरीको प्रतिनिधित्व गरेको जानकारी दिए। उपन्यासले केवल प्रमुख पात्र सखिलाको आत्मवृतान्त मात्रै नभएर नेपाली समाजमा हरेक छोरीले भोग्नुपर्ने समस्यालाई निभनेर समाधानको बाटो निकालिदिएको जानकारी दिए।
हरेक छोरीलाई प्रेरणा प्रदान गर्ने उपन्यास भएको पनि उल्लेख गरे। वरिष्ठ साहित्यकार पद्मावती सिंहले पनि उपन्यासबारे खुसी हुँदै एउटी नारीको बारेमा यसरी स्रष्टाले कलम चलाउनु भनेको नेपाली नारीहरूकै निम्ति गौरवको विषय भएको बताईन् । अनेक उत्पीडनमा विभिन्न समस्या झेलिरहेका नेपाली नारीहरू प्रति सखिलाले पक्कै पनि न्याय गरेको होला भन्ने उनको आशा छ। उनले लेखकलाई शुभकामना दिंदै आफ्नो कलम निरन्तर रूपमा अघि बडाउन प्रेरणा समेत दिईन् ।
गोर्खापत्रका पूर्व प्रधान सम्पादक तथा वरिष्ठ साहित्यकार श्री ओम् श्रेष्ठले पनि कार्यक्रममा सहभागी हुनपाउनु त्यो अदृश्य शक्तिकै खेल भएको बताउँदै उक्त शक्ति मार्फत लेखकले कलम चलाउन उर्जा मिलेको प्रस्ट्याए । फेसबुकमा भेटेकी बहिनीको नाममा यसरी एउटा कृति नेपाली साहित्यलाई पस्किनु भनेको धेरै उत्कृष्ट काम भनेर लिन सकिन्छ । भाग्यमानी रहिछन् सखिला जसले शरीर छोडेर पनि फेरि जन्मने अवसर पाइन् । भनेर खुसी व्यक्त गरे ।
नेपाली उपन्यास समाजका अध्यक्ष शंकर भारतीले लेखकलाई हौसला दिंदै भन्नुने यस्तो अकल्पनीय कथालाई तटस्थ रूप दिएर नेपाली साहित्यका लागि लगायत सखिलाको परिवारलाई निरौलाजीले धेरै ठूलो काम गरे । यस्तै, विदुषी वृन्दा देवी निरौलाले पनि आफ्नै नातीले राम्रो काम गरेकोमा शुभकामना तथा बधाई दिए ।
लेखकको पहिलो कृति प्रेरणादायी पुस्तक दृष्टिकोणकाको पनि तेस्रो संस्करण बजारमा आउन लागेको जानकारी दिँदै लेखकले भने कि म बधाई थाप्न योग्य भएकै छैन । मेरो जीवनका हरेक दिन परीक्षा हुने भएका कारण परीक्षा दिन हिँडेको छोरोलाई बधाई भन्दा पनि शुभकामना नै उचित हुन्छ । साहित्य क्षेत्रमा लागेको धेरै समय भएको छैन । २०७५ मा पहिलो कृति दृष्टिकोण जन्म्यो । २०७६ मा यसैको दोस्रो संस्करण आयो । २०७७ कोरोना माहामारीले सिद्यायो भने अहिले २०७८ मा सखिला लगायत दृष्टिकोणको तेस्रो संस्करण पनि आयो । पाठकले नै दिएको प्रेरणाका कारण कलम चलाउन सामर्थ्य राखेका कारण सबै पाठकलाई धन्यवाद दिन चाहन्छु ।
सखिला तथा दृष्टिकोण परिवारले आयोजना गरेको कार्यक्रममा पद्मावती सिंह लगायत अन्य वरिष्ठ साहित्यकार श्री ओम् श्रेष्ठ, शंकर भारती तथा विदुषी वृन्दा देवि निरौला लगायतको उपस्थिति रहेको थियो ।लेखक उत्तम निरौलाको दाश्रो कृति ‘सखिला’ हिमशिखर बुक्सले बजारमा ल्याएको हो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया