सुनसरीको चिमडीमा लक्ष्मी बैंकको १३५ औं शाखा खुल्यो

१६ भदौ, काठमाडौं । लक्ष्मी बैंकले सुनसरीको बर्जु गाउँपालिका- ६ को चिमडीमा नयाँ शाखा खोलेको छ ।लक्ष्मी बैंकको यो १३५ औं शाखा हो ।

यो शाखासँगै लक्ष्मी बैंकको ४९ जिल्लामा १३५ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६५ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाको माग पूरा गर्न संजाल विस्तारलाई प्राथमिकतामा राखिएको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया