नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्बाचित

काठमाडौं । नेपाल तामाङ कलाकार संघको १४औं बार्षिक साधारण सभा तथा सातौँ अधिबेशन काठमाण्डौ सम्पन्न भएको छ । अधिबेशनमा अध्यक्षमा बिश्व दोङ निर्बाचित भएको छ ।
“सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता ।” भन्ने नाराका साथ सम्पन्न अधिवेशन रोमाञ्चक ढंगले सम्पन्न भयो ।

तामाङ कलाकारहरुको सामाजिक संस्था नेपाल तामाङ कलाकार संघलाई स्थापनाकाल देखि नै १४ बर्षसम्म निरन्तर दिएर दुई कार्यकाल सन्जिब वाईबा अध्यक्षको भुमिका निर्बाह गरि अध्यक्षमा बिश्व दोङ तामाङलाइ हस्तान्तरण गरीएको छ ।
२१ सदस्यीय कार्यसमिति हुनुपर्नेमा अध्यक्ष सहित १३ जना सर्वसम्मत र बाँकी ८ खुल्ला सदस्यका लागि मतदान भएको हो ।

जसमा अध्यक्षमा बिश्व दोङ तामाङ तथा बरिष्ठ उपाध्यक्ष शशिकला मोक्तान ,उपाध्यक्ष बिशाल काल्तान, महासचिब रोशन फ्युबा, सचिब सुबास मोक्तान, कोषाध्यक्ष खेम मोक्तान, सदस्यहरु बुद्ध लामा, जीवन बोम्जन, योगेस लामा, निमला घिसिङ, मिङ्स लामा, अश्मान लोप्चन, कुमार स्याङ्बा, बैरागी मोक्तान, जितु लोप्चन, अशोक तामाङ, अनिल लामा, रेश्मा बोम्जन, अन्जु थोकर ,लक्ष्मि स्याङ्तान र रमित लामा निर्बाचित भएको छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया