काठमाडौं । कोरोना संक्रमण कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा आजदेखि केही खुकुलो बनाइएको छ । आजदेखि निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन् ।
जोर नम्बरका सवारी साधन जोर गते र बिजोर नम्बरका साधन बिजोर गतेको दिन चलाउनुपर्ने छ । उपत्यकामा ट्याक्सी सेवा पनि सुरु भएको छ । त्यस्तै, डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न सकिने छ ।
खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स –ग्रोसरीमात्र), स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया