प्रदेश २ का मुख्यमन्त्री लालबाबुले उद्योगमन्त्री रामनरेशलाई गरे बर्खास्त

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइ सकिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ । यसअघि मंगलबार मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेको तर नदिएपछि पदमुक्त गरेको अर्थमन्त्री साहले जानकारी दिए ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा यादव तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । पछि राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया