रामेछाप साँस्कृतिक कलाकार समाजको अध्यक्षमा कुमार कार्की निर्वाचित

रामेछाप । रामेछाप साँस्कृतिक कलाकार समाज रामेछापको अध्यक्षमा कुमार कार्की निर्वाचित भएका छन् । शनिबार र आइतबार सदरमुकाम मन्थलीमा भएको १२ औँ साधारण सभा तथा चौथों अधिवेशनबाट कार्की जिल्ला अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै कलाकार समाजको बरिष्ठ उपाध्यक्षमा उत्तमा पौडेल, उपाध्यक्ष सन्ध्या ‘सानू’ घतानी, युनिकबिफा घिसिङ र कल्पना सुनुवार चयन भएका छन् । महासचिवमा गोविन्द गौतम चयन भएका छन् । त्यस्तै रामकुमार नेपालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । सचिवमा गुणराज श्रेष्ठ, सह–सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा सबिन चौहान चयन भएको छ ।
कलाकार समाज रामेछापको तिर्थ पाख्रिन, विनोद लामा, सिर्जना रोका, किस्वरि लामा, सङ्गिता केसी, बबिता पोखरेल, रमेश खत्री पौडेल सदस्यमा निर्विरोध चयन भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: