काठमाडौं । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई उनीहरूका आफन्तले तत्काल भेट्न नपाउने भएका छन् ।
ती नेपालीले आफन्त र अभिभावकसँग भेट गर्न कम्तीमा दुई साता क्वारेन्टन स्थलमा बिताउनुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई त्रिभुवन विमानस्थल र क्वारेन्टाइनस्थलमा भेटघाट नगर्न अभिभावकसँग अपिल गरेको हो ।
सरकारले चीनको वुहान सहरमा रहेका १ सय ८५ नेपालीलाई छिट्टै फर्काउने तयारी गरेको छ ।
उनीहरूलाई खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा राखिनेछ ।
सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले विमानस्थल र क्वारेन्टाइनस्थलमा परिवारका सदस्यलाई भेट्न रोक लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयले क्वारेन्टाइन स्थल वरपरका समुदायका बासिन्दामा सम्भावित संक्रमणबारे त्रसित नरहन र संयमित व्यवहार गरिदिन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइन स्थलमा रोग प्रसार हुन सक्ने सम्भावित तरिकाको रोकथामका लागि सम्पूर्ण सावधानी अवलम्बन गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया