एनआरएनए जापानको प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक, ३ हजार बढीलाई खोपको सहजिकरण

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले ४ महिनामा गरेको प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । एनआरएनए जापानले ४ महिनामा गरेको प्रगति तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

एनआरएनए जापानले जुलाई ३० मा सम्पन्न निर्वाचनबाट उत्पन्न गराइएको असहज परिस्थितिमा पनि धैर्यता र संयमता अपनाउँदै असन्तुष्ट पक्षलाई पनि समेटेर उनीहरूको बिचारलाई सम्वोधन गर्दै अगाडि बढ्ने हरसम्भव प्रयास गरिएको तर नाजायज माग र पराजयको प्रतिशोधमात्रै साँध्नेगरि उठाईएका विषयहरु एनआरएनए जापानले र आईसिसिले समेत पुरा गर्न सम्भव रहेकोले साथमा नलिइ अगाडि बढ़ने निष्कर्षमा पुगेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जापानभित्र सिर्जना गरिएका विवाद र निवर्तमान कार्यसमितिबाट हस्तान्तरण गर्नुपर्ने कागजात प्राप्त नभएको असहज परिस्थितिमा सदस्यता बापतको प्राप्त सामाजिक संचित रकम असन्तुष्ट पक्षले दूरुपयोग गर्ने सम्भावना बढेर गएको आरोप लगाउँदै एनआरएनए जापानले चार येनबाट सुरु कार्यावधिमा दश लाख येन बढी सामाजिक क्षेत्रमा सहयोग गरि हाल ५ लाख बढी खातामा रकम रहेको र रचनात्मक कामको सुरूवात गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

एनआरएनए जापानलाई नै अपांग बनाउने हर्कतहरु गरिएको तर जापानवासी नेपालीहरुको मत र मन जीत्न सफल यस कार्यसमितिले तिनै मनकारी जापानवासी नेपालीहरुको साथ र सहयोगले गरिएका हरेक कार्य सम्पन्न गर्न सफल भएका छौं प्रतिवेदनमा भनिएको छ ।

निर्वाचनमा पराजित निवर्तमान कार्यसमितिका जिम्मेवार पदमा रहेका व्यक्तिहरुले हस्तान्तरण गर्नुपर्ने कागजात र हिसाबकिताब अपहरणको शैलीमा आफ्नै नियन्त्रणमा राखिरहँदा जापानवासी नेपालीहरुको मतको अपमान र उहाँहरुले सदस्यता मार्फत बुझाउनु भएको रकम र सामाजिक हितको लागि संचित गरिएको रकम दूरुपयोग हुने सम्भावना बढेर गएको छ ।
एनआरएनए जापानले आफ्नै हितको लागि आफ्नो परिश्रमको पैसा बुझाएर पनि आम्दानी र खर्चबारे बेखवर पारिएका जापानवासी नेपालीहरुको विगतको एनआरएनए जापानसँगको कारोबार आफूहरूले जतिसक्दो छिटो पारदर्शीरूपमा सार्वजनिक गर्ने प्रतिबद्धता समेत सोहि प्रतिवेदनमार्फ़त गरिएको छ ।

कोभिड १९ बिरुद्धको खोप लगाउनको लागि करिव ३ हजार नेपालीहरुलाई सहजीकरण गरिएको, नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटगरि जापानको लागि राजदूत तत्काल नियुक्त गर्न पहल तथा अन्य दुई देशीय विविध विषयमा छलफल, एनआरएनए मेरो साथी कार्यक्रम अन्तर्गत विभिन्न महत्वपूर्ण विषयमा रचनात्मक कार्यक्रम निरन्तर रुपमा संचालन भईरहेको प्रतिवेदनमा जनाईएको छ ।
त्रैमासिक रुपमा कार्य प्रगति विवरण र आर्थिक हिसाबकिताव सार्वजनिक गर्ने प्रतिबद्धता बमोजिम आफूहरूले उक्त प्रतिवेदन सार्वजनिक गरिएको अध्यक्ष शिब प्रसाद पौडेलले बताउनु भयो ।

प्रगति तथा आर्थिक प्रतिवेदन




फेसबुकबाट तपाइको प्रतिक्रिया