गायक तथा सर्जक सविनबाबुको नयाँ म्युजिक भिडियो “माया यसै भयो”सार्वजनिक

जापान । गायक तथा सर्जक सविनबाबु मगरको नयाँ म्युजिक भिडियो “माया यसै भयो” यही फेब्रअरी १ मा सार्वजनिक भएको छ । उक्त गितमा सर्जक मगरकै शब्द र स्वर रहेको छ भने सामुहिक स्वरमा डोलराज बारघरे र प्रशाद खप्तरीले साथ दिनु भएको छ ।

गित डोलराज बारघरे मगरले एरेन्ज गर्नु भएको हो । उक्त गीतलाई सबिन बाबु मगर युटुव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरीएको छ । म्युजिक भिडियोमा अहिलेको निकै व्यस्त र दर्शकले रूचायको कलाकारहरू बिना राउत र सरोज राना प्रजाको मुख्य अभिनय रहेको छ, भने चित्र मास्की मगर को निर्देशन मा र सबिना भण्डारीको सहायक नृत्य दिर्देशन रहेको छ ।

उक्त भिडियो ४/५ ओटा स्थानहरु बसन्तपूर, सिंहदरबार परिसर, कमलपोखरी, संखपार्क जस्ता स्थानहरुमा छायाङकन गरेको हुनाले ठुलो लगानी लागेको र भिडियो राम्रो बनेको कुरा निर्माण पक्षले बताउनु भएको छ । गायक सबिननबाबुले देश बाहिरै रहेरपनी नेपाली साङ्गितिक क्षेत्रमा योगदान पुर्याइ रहनुभएको छ ।

गायक सबिनबाबुको यसअघिको मगर भाषाको गित तथा म्युजिक भिडियो “पट्टकोके झोर्ले” दर्सक तथा श्रोताले निक्कै रुचाएको थियो। दर्शक/श्रोताकै चाहानाअनुसार बिषेश गरेर अहिलेको जेनेरेसनलाई मध्यनजर गरेर डान्सविटमा रहेको म्युजीक र भिडियो “माया यसै भयो” बजारमा ल्याएको र आगामी समयमा पनी म्युजिक भिडियो लिएर आउने योजना रहेको सबिनबाबुले बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया