प्रदेश १ को नामकरण : एकल पहिचानको मुद्दाबाट माओवादी ब्याक, कोशी–किरातको निर्णय

विराटनगर : प्रदेश १ को नामकरणको बहस चलिरहेको बेला नेकपा (माओवादी केन्द्र) एकल पहिचानको मुद्दाबाट ‘ब्याक’ भएको छ । सुनसरीको इटहरीमा आज बसेको माओवादी केन्द्र प्रदेश १ समितिको बैठकले एकल पहिचान (किरात–लिम्बुवान–कोचिला) बाट ‘ब्याक’ हुँदै बहुपहिचान (कोशी–किरात)मा जाने निर्णय गरेको हो ।

बैठकमा प्रदेश १ का माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी किरातको प्रस्ताव गरेका थिए । उनले आफ्नो पार्टीले भनेजस्तो एकल पहिचान प्रदेशसभाको सिट संख्याको हिसावले पनि सम्भव नभएको र अन्य दलहरु सहमत हुने अवस्था पनि नरहेको स्पष्ट पार्दै कोशी किरातमा आफ्नो पार्टी पनि सहमत हुनुपर्ने बताएका थिए ।

आङ्बोको उक्त प्रस्तावलाई प्रदेश १ का माओवादी अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले पनि समर्थन जनाउँदै थप ब्याख्या गरेका थिए । त्यसपछि कोशी किरातमा जाने औपचारिक निर्णय गरेको माओवादी स्रोतले जनाएको छ ।

माओवादीले यसअघि १ नम्बर प्रदेशका १४ जिल्लालाई किरात प्रदेश, लिम्बुवान प्रदेश, कोचिला प्रदेश भन्दै आएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया